मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

महान्यायाधिवक्ता भण्डारीको राजीनामा : विवादास्पद निर्णयबीच पदबाट बाहिरिन्

स
समाचार कक्ष
२०२६ मार्च २७
7
0
महान्यायाधिवक्ता भण्डारीको राजीनामा : विवादास्पद निर्णयबीच पदबाट बाहिरिन्
सारांश
काठमाडौं, चैत १३ - महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनलाई पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी...


काठमाडौं, चैत १३ - महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनलाई पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री कार्की पदमुक्त भएसँगै प्रचलित अभ्यासअनुसार भण्डारीले पनि पद त्याग गरेकी हुन्। उनी भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्त भएकी थिइन्।

करिब साढे ६ महिनाको कार्यकालमा उनले गरेका केही निर्णयहरू विवादास्पद बनेका थिए। विशेषगरी आफू र उनकी छोरी जोडिएको ‘होप फर्टिलिटी’सँग सम्बन्धित डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयले व्यापक चर्चा र आलोचना निम्त्याएको थियो।

महान्यायाधिवक्ताको कार्यालयबाट भएका यस्ता निर्णयहरूले उनको कार्यकाललाई विवादको केन्द्रमा राखेको देखिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार