मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

महिला टी-२० विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालको चुनौतीपूर्ण बलिङ सुरु

स
समाचार कक्ष
२०२६ जनवरी २२
4
0
महिला टी-२० विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालको चुनौतीपूर्ण बलिङ सुरु
सारांश
काठमाडौं, ८ माघ - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङबाट खेलको सुरुवात गरेको छ। त्रिव...

काठमाडौं, ८ माघ - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङबाट खेलको सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न टसमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडले टस जित्दै नेपाललाई पहिले बलिङको निम्तो दिइन्।

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले यसअघि जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै राम्रो लयमा रहेको छ।

आजको खेलका लागि नेपालले आफ्नो अघिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन।

नेपालको प्लेइङ-११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ र कविता जोशी रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार