मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मंगलबजारमा रातो मत्स्येन्द्रनाथको रथ-आज सुन्धारातर्फ यात्रा, भक्तजनको उत्साह चरममा

स
समाचार कक्ष
२०२६ अप्रिल २३
6
0
मंगलबजारमा रातो मत्स्येन्द्रनाथको रथ-आज सुन्धारातर्फ यात्रा, भक्तजनको उत्साह चरममा
सारांश
वर्षा र समृद्धिका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथ यात्रा अन्तर्गत निकालिएको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ। बिहीबार रथलाई त्यहाँबाट सु...

वर्षा र समृद्धिका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथ यात्रा अन्तर्गत निकालिएको रथ गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ। बिहीबार रथलाई त्यहाँबाट सुन्धारा तर्फ लैजाने कार्यक्रम तय गरिएको छ।

स्थानीय बासिन्दा र गुठियारहरूको सक्रिय सहभागितामा बुधबार रथलाई मंगलबजारसम्म तानिएको हो। तय गरिएको तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धारातर्फ अघि बढ्नेछ।

यसअघि जात्रा विधिवत रूपमा सुरु गर्दै मंगलबार पुल्चोक बाट रथ तानेर गाबहाल पुर्‍याइएको थियो।

बिहीबार बिहानैदेखि मंगलबजार क्षेत्रमा पूजा–अर्चना गर्न आउने भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ। श्रद्धालुहरूले रथको दर्शन गर्दै धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन्।

जात्रालाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गराउन सम्बन्धित निकायले आवश्यक सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार