मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

मेरो नाम जोडिएका उम्मेदवारका सूची आधिकारिक होइनन् : कांग्रेस सभापति गगन थापा

meronepaltv
meronepaltv
1 दिन अगाडि
83
0
मेरो नाम जोडिएका उम्मेदवारका सूची आधिकारिक होइनन् : कांग्रेस सभापति गगन थापा
सारांश

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूची ...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारका सूची आधिकारिक नभएको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले यसपटक पार्टीभित्र कुनै आधिकारिक प्यानल वा गुट नरहेको बताएका छन्।

आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीलाई समर्थन वा सिफारिसका रूपमा नबुझ्न उनले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

प्राविधिक कारणले निर्धारित समयभन्दा एक दिन ढिलो मतदान सुरु भएकोमा प्रतिनिधिहरूसँग क्षमासमेत माग्दै उनले निर्वाचन प्रक्रियामा मर्यादित र संयमित ढङ्गले सहभागी हुन अपिल गरेका छन्।

थापाले कुनै पनि अफवाह वा भ्रममा नपरी आफ्नो मूल्याङ्कन, विश्वास र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्।

प्रतिनिधिहरूको स्वतन्त्र निर्णयले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार