मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

लियोनेल मेसीको दोहोरो गोलले इन्टर मियामीलाई एमएलएसमा ११औं जित दिलायो

स
समाचार कक्ष
२०२५ जुलाई १३
4
0
लियोनेल मेसीको दोहोरो गोलले इन्टर मियामीलाई एमएलएसमा ११औं जित दिलायो
सारांश
लियोनेल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत लगातार पाँचौं खेलमा दुई गोल गर्दै इन्टर मियामीलाई महत्वपूर्ण जित दिलाएका छन्। घरेलु मैदानमा आयोज...

लियोनेल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) अन्तर्गत लगातार पाँचौं खेलमा दुई गोल गर्दै इन्टर मियामीलाई महत्वपूर्ण जित दिलाएका छन्। घरेलु मैदानमा आयोजित खेलमा मियामीले नाशभिल एससीलाई २–१ गोलअन्तरले पराजित गर्‍यो।

यो जितसँगै मियामीले १९ खेलबाट ३८ अंक हासिल गर्दै लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ। यता, तेस्रो स्थानमा रहेको नाशभिल एससीले २२ खेलबाट ४१ अंक जोडेको छ। पछिल्ला १५ खेलसम्म अपराजित रहँदै आएको नाशभिलको शृंखलामा मेसीले पूर्णविराम लगाएका हुन्।

खेलको १७औं मिनेटमा मेसीले एक आकर्षक फ्रि किकमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाए। यद्यपि, खेलको ४९औं मिनेटमा नाशभिलले बराबरी गोल फर्कायो। त्यसपछि, ७२औं मिनेटमा मेसीले पुनः गोल गर्दै मियामीको जित सुनिश्चित गरे। दोस्रो गोलमा नाशभिलका गोलकिपरको त्रुटिपूर्ण निर्णयको सदुपयोग गर्दै मेसीले सहज ढंगले बललाई जाली चुमाए।

यससँगै मेसी एमएलएसको इतिहासमा लगातार पाँच खेलमा दुई वा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि बुधबार, न्यू इङ्ल्यान्ड रिभोल्युशनविरुद्ध पनि उनले दुई गोल गर्दै सो कीर्तिमानको सुरुआत गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार