मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ललितपुर महानगरमा अब बिदामा पनि सेवा निरन्तर, अत्यावश्यक सेवा नरोकिने

स
समाचार कक्ष
२०२६ अप्रिल १२
7
0
ललितपुर महानगरमा अब बिदामा पनि सेवा निरन्तर, अत्यावश्यक सेवा नरोकिने
सारांश
काठमाडौँ - ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरका अनुसार सरकारले तोकेक...

काठमाडौँ - ललितपुर महानगरपालिकाले सार्वजनिक बिदाका दिनहरूमा पनि अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगरका अनुसार सरकारले तोकेका शनिबार र आइतबारसहित सार्वजनिक बिदाका दिनहरूमा पनि नगरवासीलाई सेवा प्रवाह नियमित रूपमा उपलब्ध गराइनेछ।

विशेष गरी आकस्मिक तथा अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिँदै नगर प्रहरी बल, दमकल, एम्बुलेन्स, शववाहन, वातावरण तथा सरसफाइ सेवा र एकद्वार पर्यटन सेवा सञ्चालनमा रहनेछन्। यी सेवाहरू नागरिकको दैनिक सुरक्षा र स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले कुनै पनि दिन अवरुद्ध नहुने व्यवस्था मिलाइएको महानगरले जनाएको छ।

महानगरपालिकाका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार सम्बन्धित विभाग तथा शाखाका कर्मचारीहरूलाई बिदाका दिन समेत तोकिएको समयअनुसार सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार