मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ललितपुर गोदावरीमा चितुवाको आक्रमण: ६१ वर्षीय व्यक्ति घाइते, चितुवा मारियो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २७
5
0
ललितपुर गोदावरीमा चितुवाको आक्रमण: ६१ वर्षीय व्यक्ति घाइते, चितुवा मारियो
सारांश
काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका–५ सुनारटोल मा गएराति करिब साढे ८ बजे चितुवाको आक्रमण मा परेर एक जना घाइते भएका छन्। घाइते व्यक्ति हुन्, सोलुखुम...

काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका–५ सुनारटोलमा गएराति करिब साढे ८ बजे चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन्।

घाइते व्यक्ति हुन्, सोलुखुम्बु घर भएका ६१ वर्षीय रण बहादुर गर्तौला, जो कामबाट घर फर्किँदै थिए। गोरेटो बाटोमा हिँड्दै गर्दा अचानक चितुवाले उनमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणपछि स्थानीयले उनलाई बचाउने क्रममा चितुवा मारिएको जनाइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको मातहत प्रहरी चौकी लेलेबाट खटिएको टोलीले घाइते गर्तौलालाई उद्धार गरी आफन्तको सहयोगमा लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याएको छ।

मृत चितुवाको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला वन कार्यालयसँग समन्वय गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार