मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

लिग–२ मा आज नेपाल र ओमान भिड्दै, एकदिवसीय मान्यता जोगाउन जित महत्वपूर्ण

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
62
0
लिग–२ मा आज नेपाल र ओमान भिड्दै, एकदिवसीय मान्यता जोगाउन जित महत्वपूर्ण
सारांश

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा हुने खेल नेपाली ...

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

जारी शृङ्खलामा नेपाल र ओमान दुवै लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो भने ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो।

आजको खेल जित्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा नेपाल रहेको छ। हाल ओमान तालिकाको चौथो र नेपाल छैटौँ स्थानमा छन्।

लिग–२ को शीर्ष छ स्थानमा रहने टोलीले आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सोझै जोगाउने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ। तालिकाको पुछारका दुई टोलीले भने एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार