मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

खुट्टामा चोटपछि रवि लामिछाने चितवन प्रस्थान, एम्बुलेन्समार्फत विमानस्थल पुर्‍याइयो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ५
8
0
खुट्टामा चोटपछि रवि लामिछाने चितवन प्रस्थान, एम्बुलेन्समार्फत विमानस्थल पुर्‍याइयो
सारांश
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारकै क्रममा चितवन प्रस्थान गरेका छन्। खुट्टामा लागेको चोटका कारण उनी हाल स्व...

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारकै क्रममा चितवन प्रस्थान गरेका छन्। खुट्टामा लागेको चोटका कारण उनी हाल स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्।

घटनापछि लामिछानेको घाइते अवस्थाको पहिलो तस्बिर सार्वजनिक भएको छ। तस्बिरमा उनको बायाँ खुट्टा कुरकुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिन्छ भने खुट्टा खुम्च्याएर बस्न समेत असहज देखिन्छ।

उनलाई पत्नी निकिता लामिछानेले एम्बुलेन्समार्फत विमानस्थल पुर्‍याएर जहाज चढाएकी थिइन्। चितवन पुगेपछि उनले आफ्नै निवासबाट भेटघाट कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ। चिकित्सकहरूले तत्काल चुनावी प्रचारमा सक्रिय रूपमा बाहिर ननिस्कन सुझाव दिएका छन्।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार हुन्। झापामा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुन जाने क्रममा उनको खुट्टामा चोट लागेको थियो। त्यसयता उनी सार्वजनिक गतिविधिमा देखिएका थिएनन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार