मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कुवेतको प्रमुख तेल रिफाइनरीमा ड्रोन आक्रमण, विश्व बजारमा तेलको मूल्य ११६ डलर माथि

स
समाचार कक्ष
२०२६ मार्च २०
6
0
कुवेतको प्रमुख तेल रिफाइनरीमा ड्रोन आक्रमण, विश्व बजारमा तेलको मूल्य ११६ डलर माथि
सारांश
काठमाडौं-मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच जारी द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेको छ। यसैबीच कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ म...

काठमाडौं-मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीच जारी द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेको छ। यसैबीच कुवेतको प्रमुख तेल प्रशोधन केन्द्र ‘मिना अल–अहमदी’ मा शुक्रबार बिहान ड्रोन आक्रमण भएको छ।

कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार इरानी ड्रोनको शृङ्खलाबद्ध आक्रमणका कारण रिफाइनरीका केही महत्त्वपूर्ण एकाइमा आगलागी भएको छ। यस घटनाका कारण सुरक्षा कारणले रिफाइनरीका केहि प्लान्टहरू अस्थायी रूपमा बन्द गरिएको छ।

कुवेती समाचार संस्था ‘कुना’ ले जानकारी दिएको छ कि अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन्।

विश्लेषकहरूले यो आक्रमण इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा गरेको बमबारीको बदला स्वरूप भएको हुनसक्ने बताएका छन्। आक्रमणसँगै बहराइन, संयुक्त अरब इमिरेट्स र साउदी अरबमा पनि ड्रोन र मिसाइल प्रहार भएको छ। यसले विश्व बजारमा कच्चा तेलको मूल्यलाई प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुर्‍याएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार