मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौँसहित सात जिल्लामा सात जनाको शव फेला, प्रहरीले अनुसन्धान सुरु गर्‍यो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १
4
0
काठमाडौँसहित सात जिल्लामा सात जनाको शव फेला, प्रहरीले अनुसन्धान सुरु गर्‍यो
सारांश
काठमाडौँ - शनिबार देशभर सात विभिन्न स्थानमा सात जनाको मृत शरीर फेला परेको छ। प्रहरीले काठमाडौँ, कञ्चनपुर, लमजुङ, प्युठान, मोरङ, पाँचथर र चितवनमा शव भे...

काठमाडौँ - शनिबार देशभर सात विभिन्न स्थानमा सात जनाको मृत शरीर फेला परेको छ। प्रहरीले काठमाडौँ, कञ्चनपुर, लमजुङ, प्युठान, मोरङ, पाँचथर र चितवनमा शव भेटिएको पुष्टि गरेको छ।

फेला परेका शवमध्ये दुईजनाको पहिचान अझै खुल्न बाँकी रहेको छ, भने अन्यको सनाखत भइसकेको छ। काठमाडौँ महानगरपालिका–२५, भेडासिङमा बस्दै आएका ३८ वर्षीय शशि विक्रम थापा आफ्नै कोठाको छेउमा मृत भेटिएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित शान्ति सामुदायिक वनमा करिब २५ वर्षीया महिलाको शव फेला परेको छ, जसको पहिचान अझै खुल्न सकेको छैन। लमजुङको दुधपोखरी गाउँपालिका–६ स्थित जंगलमा ७४ वर्षीय राज कुमार कामी र प्युठानको गौमुखी गाउँपालिका–६ स्थित जंगलमा १९ वर्षीया सर्मिला घर्ती मृत अवस्थामा भेटिएका छन्।

त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिका–७ स्थित बजरंगवली मन्दिर नजिकै ५५ वर्षीय राजु उराउको शव फेला परेको छ। पाँचथरको फिदिम नगरपालिका–२, बतासेस्थित समाधि स्थल छेउमा ६६ वर्षीय पुष्प प्रसाद ढुङ्गाना मृत भेटिएका छन्। चितवनको भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा करिब ६० वर्षीया महिलाको शव भेटिएको छ, जसको पहिचान खुल्न बाँकी छ।

यी सबै घटनासँग सम्बन्धित स्थानीय प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार