मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान : २६ सयभन्दा बढी घर भत्काइए, साढे १५ हजार विस्थापित

स
समाचार कक्ष
२०२६ मे ७
6
0
काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान : २६ सयभन्दा बढी घर भत्काइए, साढे १५ हजार विस्थापित
सारांश
काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन गरिएको सुकुम्बासी बस्ती खाली गर्ने अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती हटाइएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ...

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन गरिएको सुकुम्बासी बस्ती खाली गर्ने अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती हटाइएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको छ।

त्यसमध्ये ८९० पक्की संरचना र १ हजार ७९७ कच्ची घरटहरा भत्काइएको प्रशासनले जनाएको छ।

अभियानका कारण हालसम्म १५ हजार ३१६ जना विस्थापित भएका छन्। विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार सार्वजनिक जग्गा अतिक्रमण हटाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार