मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौं ट्राफिकको कडा निगरानी : एकैदिन १६८७ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन

स
समाचार कक्ष
२०२६ मे १३
6
0
काठमाडौं ट्राफिकको कडा निगरानी : एकैदिन १६८७ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन
सारांश
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम मिच्ने एक हजा...

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न ट्राफिक नियम मिच्ने एक हजार ६८७ चालक कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २० लाख ३१ हजार ५०६ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जनालाई कारबाही गरेको जनाएको छ ।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ८६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ जना र एकतर्फी सडकमा सवारी चलाउने १२१ जना पनि कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले अन्य विभिन्न नियम उल्लङ्घन गर्ने ८०४ चालकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार