मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कास्कीमा प्रहरीको कडा स्वीप अपरेसन-एकै रात १२२ जना नियन्त्रणमा, लागूऔषध र अवाञ्छित गतिविधिमाथि अंकुश

स
समाचार कक्ष
२०२६ अप्रिल २३
6
0
कास्कीमा प्रहरीको कडा स्वीप अपरेसन-एकै रात १२२ जना नियन्त्रणमा, लागूऔषध र अवाञ्छित गतिविधिमाथि अंकुश
सारांश
पोखरा स्थित कास्की जिल्ला प्रहरी कार्यालय ले शान्ति सुरक्षा सुदृढ गर्न व्यापक ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ। बुधबार राति गरिएको उक्त अभियानमा एकै रात...

पोखरा स्थित कास्की जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षा सुदृढ गर्न व्यापक ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ। बुधबार राति गरिएको उक्त अभियानमा एकै रात १२२ जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी गणेश पाण्डे का अनुसार, अवाञ्छित गतिविधि नियन्त्रण र सार्वजनिक शान्ति कायम गर्ने उद्देश्यले विभिन्न युनिटहरूसँग समन्वय गरी अपरेसन चलाइएको हो।

अभियानका क्रममा पोखराका विभिन्न क्षेत्रबाट व्यक्तिहरू पक्राउ परेका छन्। बैदाम बाट सबैभन्दा बढी ३९ जना नियन्त्रणमा लिइएका छन् भने रामबजार बाट २२, बगर बाट १२, सिसुवा बाट ३८ तथा पृथ्वीचोक आसपासबाट ११ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश लागुऔषध सेवनमा संलग्न थिए। विशेषगरी ८२ जना गाँजा सेवन गरिरहेको अवस्थामा भेटिएका हुन्। यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई असुविधा पुर्‍याउने, शान्ति भंग गर्ने तथा जथाभावी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण फैलाउने व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाहरूलाई अवस्था हेरी आवश्यक सम्झाइ–बुझाइपछि अभिभावकको जिम्मा लगाइने प्रहरीले जनाएको छ। अधिकारी पाण्डेका अनुसार पहिलोपटकका लागि चेतावनी दिँदै आगामी दिनमा यस्ता गतिविधिमा संलग्न नहुने प्रतिबद्धता गराएर छाड्ने तयारी गरिएको छ।

प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिँदै शहरमा शान्ति सुरक्षा कायम राख्न कडाइ गर्ने संकेत दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार