मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कार्यव्यवस्था परामर्श समिति बैठकपछि प्रतिनिधिसभा एक बजे बस्ने, वार्षिक प्रतिवेदन र विधेयक कार्यसूचीमा

स
समाचार कक्ष
२०२६ जुलाई १५
6
0
कार्यव्यवस्था परामर्श समिति बैठकपछि प्रतिनिधिसभा एक बजे बस्ने, वार्षिक प्रतिवेदन र विधेयक कार्यसूचीमा
सारांश
काठमाडौं, ३१ असार — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यसूचिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। दिउँसो १२:१५ बजे ...

काठमाडौं, ३१ असार — सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कार्यसूचिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। दिउँसो १२:१५ बजे बस्ने उक्त बैठकमा संसद्को आगामी कार्यव्यवस्था र आजको कार्यसूचिबारे छलफल हुने जनाइएको छ।

कार्यव्यवस्था परामर्श समिति बैठकका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।

बैठकमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल तथा अनुमोदनको कार्यसूची पनि रहेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त महासन्धिसँगै श्रम निरीक्षण सम्बन्धी आईएलओ महासन्धि माथि पनि छलफल गरी अनुमोदन गर्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार