मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

क्रिप्टो कारोबारमा संलग्न तीन युवा काठमाडौंमा पक्राउ, चार लाख नगदसहित अनुसन्धानमा

स
समाचार कक्ष
२०२५ जुलाई २२
4
0
क्रिप्टो कारोबारमा संलग्न तीन युवा काठमाडौंमा पक्राउ, चार लाख नगदसहित अनुसन्धानमा
सारांश
६ साउन, काठमाडौं — अवैध क्रिप्टो मुद्रा कारोबारमा संलग्न भएको आरोपमा तीन युवा काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपा...

६ साउन, काठमाडौं — अवैध क्रिप्टो मुद्रा कारोबारमा संलग्न भएको आरोपमा तीन युवा काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का भीमबहादुर तामाङ रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले चार लाख रुपैयाँभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरू विरुद्ध 'अभौतिक मुद्रा कारोबारमा संलग्न' हुन नहुने कानुनी प्रावधान अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

परिसरका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार पक्राउ परेकाले वैदेशिक रोजगारीको तयारीमा रहेका व्यक्तिहरूलाई आर्थिक प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र त्यसपछि ती खातामार्फत ठगीसम्बन्धी रकम कारोबार गर्ने गरेको खुल्न आएको छ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।

नेपालमा क्रिप्टो करेंसी कारोबार हालैका वर्षहरूमा तीव्र रुपमा फैलिँदै गएको छ, तर यसप्रति सरकारले कडा नीति अपनाउँदै आएको छ। ‘अभौतिक मुद्राको कारोबार अवैध’ हुने प्रष्ट प्रावधानका बाबजुद यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू बढ्न थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार