मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

१४ करोड भ्रष्टाचार प्रकरणः पूर्व महानिर्देशक मिश्रासहित १४ जनाको मुद्दा सुनुवाइमा

स
समाचार कक्ष
२०२६ अप्रिल १६
8
0
१४ करोड भ्रष्टाचार प्रकरणः पूर्व महानिर्देशक मिश्रासहित १४ जनाको मुद्दा सुनुवाइमा
सारांश
३ वैशाख, काठमाडौं - स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अ...

३ वैशाख, काठमाडौं - स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दा पेश हुने तय गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मिश्रासहित उच्च पदस्थ कर्मचारी र सम्बन्धित कम्पनीका प्रतिनिधिहरूविरुद्ध मुद्दा दायर गरेको थियो।

अभियोग अनुसार, खरिद प्रक्रियाको प्रारम्भिक लागत अनुमानदेखि भुक्तानीसम्म मिलेमतो गरी करिब १४ करोड रुपैयाँभन्दा बढी राज्यलाई नोक्सानी पुर्‍याइएको छ।

अनुसन्धानमा ठेक्का प्रक्रियामा संलग्न कम्पनीसँग सम्बन्धित अर्को कम्पनीबाट अस्वाभाविक रूपमा उच्च दररेट लिई लागत अनुमान तयार गरिएको खुलासा भएको छ। स्वीकृत लागत र वास्तविक आपूर्ति मूल्यबीच ठूलो अन्तर रहेको समेत देखिएको अख्तियारले जनाएको छ।

यस प्रकरणलाई सार्वजनिक खरिद प्रक्रियामा भएको गम्भीर अनियमितताको रूपमा हेरिएको छ, जसको न्यायिक निरुपण अब अदालतमार्फत हुनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार