मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कञ्चनपुरमा १६ लाख बराबरको अवैध पटाका बरामद

admin
admin
3 दिन अगाडि
30
41
कञ्चनपुरमा १६ लाख बराबरको अवैध पटाका बरामद
सारांश

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगर...

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मङ्गलबार बेदकोट नगरपालिका–७ स्थित गाउजीबाट रु १६ लाख ८७ हजार मूल्यबराबरको पटाका बरामद गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा लुकाइछिपाइ राखेको पटाका बरामद गरी थप अनुसन्धान भइरहेको छ ।

चाडपर्व नजिकिँदै गर्दा प्रहरी सीमानाकामा निगरानी बढाएको छ ।

प्रहरीले भारतसँग जोडिएको गड्डाचौकी नाका, महेन्द्रनगर बसपार्कलगायतका स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार