मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कलाकार बले हिरासतमा: सार्वजनिक शान्ति भंग मुद्दामा म्याद थप, अन्य मुद्दा जाहेरीमा निर्भर

स
समाचार कक्ष
२०२६ अप्रिल ५
6
0
कलाकार बले हिरासतमा: सार्वजनिक शान्ति भंग मुद्दामा म्याद थप, अन्य मुद्दा जाहेरीमा निर्भर
सारांश
काठमाडौं - शनिबार कपन, बालुवाखानीस्थित घरबाट पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका छन्। उनलाई सार...

काठमाडौं - शनिबार कपन, बालुवाखानीस्थित घरबाट पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाल जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका छन्। उनलाई सार्वजनिक शान्ति भंग गरेको आरोपमा म्याद थप गरी अनुसन्धान अघि बढाइने भएको छ।

यसअघि अमेरिका बस्दै आएकी संगम बिष्ट ले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बलेमाथि आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन्। त्यसपछि प्रहरीले बलेलाई पक्राउ गरे पनि अहिलेसम्म उक्त आरोपमा कुनै आधिकारिक जाहेरी दर्ता भएको छैन।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा का अनुसार, तत्काल हिरासतमा राख्नका लागि बलेमाथि सार्वजनिक शान्ति भंग गरेको आरोप लगाइएको हो। अनुसन्धानको म्यादभित्र थप तथ्य खुले वा पीडितबाट जाहेरी आएमा अर्काे कानुनी कारबाही अघि बढ्न सक्ने बताए।

प्रहरीले सामाजिक सञ्जालमा आएका विवरणको आधारमा मात्र कारबाही अगाडि बढाएको र घटनाको भौगोलिक चुनौती, विशेषगरी आरोप अमेरिका आधारित भएको कारण अनुसन्धान जटिल हुने संकेत गरिएको छ।

फौजदारी अपराध संहिता अनुसार, कुनै नेपाली नागरिकले अर्को नेपाली नागरिकमाथि कसुर गरेको प्रमाणित भएमा वारदातस्थल नेपालमा भए पनि मुद्दा दर्ता गर्न सकिन्छ। एसएसपी थापाले बलेको सुरक्षाको दृष्टिले पनि हिरासत आवश्यक रहेको बताए।

‘अर्काे मुद्दा चल्नसक्छ, त्यसका लागि हामीले औपचारिक जाहेरी पाउनु आवश्यक छ,’ उनले भने।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार