मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेसको १५ औं महाधिवेशन : मोरङमा सुभाष पौडेल जिल्ला संयोजक

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
7
0
कांग्रेसको १५ औं महाधिवेशन : मोरङमा सुभाष पौडेल जिल्ला संयोजक
सारांश
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औं महाधिवेशन तयारीका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजकको जिम्मेवारी...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औं महाधिवेशन तयारीका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ।

१५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले बुधबार पौडेललाई मोरङ जिल्ला संयोजकको जिम्मेवारी तोकेको उनको सचिवालयले जनाएको छ।

महाधिवेशन तयारीका क्रममा जिल्लास्तरमा आवश्यक समन्वय तथा संगठनात्मक गतिविधि अघि बढाउन पौडेललाई जिम्मेवारी दिइएको बताइएको छ।

यसैबीच, कांग्रेसको इतर समूहले आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ। सो समूहले महाधिवेशनको तयारीस्वरूप असोज १५ गते वडा अधिवेशन गर्ने तयारीसमेत गरिरहेको छ।

महाधिवेशनको तयारीसँगै नेपाली कांग्रेसभित्र विभिन्न समूहले संगठनात्मक गतिविधि तीव्र बनाएका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार