मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस विभाजन टार्ने प्रयासमा शेखर कोइराला, कानुन व्यवसायीसहित निकट नेतासँग छलफल

स
समाचार कक्ष
२०२६ जनवरी १२
7
0
कांग्रेस विभाजन टार्ने प्रयासमा शेखर कोइराला, कानुन व्यवसायीसहित निकट नेतासँग छलफल
सारांश
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीभित्र चर्किँदै गएको विवादका बीच आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफलमा जुट...

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीभित्र चर्किँदै गएको विवादका बीच आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको तयारी भइरहँदा कोइरालाले आफ्नो सम्पर्क कार्यालयमा आन्तरिक परामर्श थालेका हुन् ।

कोइरालाको सचिवालय स्रोतका अनुसार जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायतका नेताहरू सहभागी छन् । पार्टीभित्र उत्पन्न परिस्थितिको कानुनी र राजनीतिक पक्षबारे छलफल केन्द्रित रहेको जनाइएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी विभाजनको अवस्था आउन नदिन शेखर कोइरालाले अग्रसर भूमिका खेल्नुपर्ने आग्रहसहित नेताहरू छलफलमा सहभागी भएका हुन् । उनका अनुसार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू पनि बैठकमा उपस्थित छन् ।

यसअघि कोइराला निकट केही केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए । विशेष महाधिवेशनका कारण कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेका बेला शेखर कोइरालाको यो सक्रियतालाई पार्टी एकता जोगाउने प्रयासका रूपमा हेरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार