मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कंगना रनौत र बाबा रामदेवबीच सामाजिक सञ्जालमा चर्कियो वाक्युद्ध

स
समाचार कक्ष
२०२६ अगस्ट २१
5
0
कंगना रनौत र बाबा रामदेवबीच सामाजिक सञ्जालमा चर्कियो वाक्युद्ध
सारांश
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा तीखो वाक्युद्ध सुरु भएको छ । विवाद कंगनाले केही यु...

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा तीखो वाक्युद्ध सुरु भएको छ ।

विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई लक्षित गर्दै गरेको ‘जेनेरेसन गटर’ टिप्पणीबाट सुरु भएको हो । आलोचना भएपछि कंगनाले उक्त अभिव्यक्ति सबै युवालाई नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिलाई लक्षित भएको स्पष्टीकरण दिएकी थिइन् ।

त्यसपछि रामदेवले कंगनाको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनको विगत र युवावस्थासँग जोडेर प्रतिक्रिया दिएपछि विवाद थप व्यक्तिगत बनेको हो ।

इन्स्टाग्राममार्फत जवाफ दिँदै कंगनाले आफ्नो व्यक्तिगत जीवन र चरित्रबारे टिप्पणी नगर्न रामदेवलाई चेतावनी दिएकी छन् । उनले रामदेवको विगततर्फ संकेत गर्दै सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा माफी मागिएको प्रसंगसमेत उठाएकी छन् ।

यससँगै कंगना र रामदेवबीचको विवाद सामाजिक सञ्जालमा थप चर्चामा आएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार