मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

केपी ओलीद्वारा दिवंगत डा. विजय पौडेलको परिवारप्रति समवेदना व्यक्त

meronepaltv
meronepaltv
55 मिनेट अगाडि
55
0
 केपी ओलीद्वारा दिवंगत डा. विजय पौडेलको परिवारप्रति समवेदना व्यक्त
सारांश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। असोज २६ गते ...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। असोज २६ गते निधन भएका पौडेलको निवासमा ओली मंगलबार असोज २७ गते पुगेका हुन्।

६० वर्षीय पौडेलको कीर्तिपुर अस्पतालमा निधन भएको थियो। अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार उनलाई अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको थियो।

पौडेल नेकपा संयुक्तका नेता, पूर्वसांसद तथा सञ्चार उद्यमी थिए। लामो समय नेकपा एमालेमा सक्रिय रहेका उनी पार्टी विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए। पछि एकता प्रक्रियाप्रति असहमति जनाउँदै उनी नेकपा संयुक्तमा लागेका थिए। पछिल्लो समय उनी घनश्याम भूसाल नेतृत्वको नेकपा संयुक्तमा सक्रिय थिए।

राजनीतिसँगै सञ्चार क्षेत्रमा संलग्न पौडेल जनता टेलिभिजनका अध्यक्ष तथा सञ्चालक थिए। उनी टेलिभिजन सञ्चालकहरूको छाता संस्था मिडिया एलायन्स नेपालका कार्यसमिति सदस्यसमेत थिए।

पुराना वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितका छोरा पौडेलको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार