मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट प्रकाश रसाइली स्नेही एक्ला निर्वाचित पदाधिकारी

meronepaltv
meronepaltv
40 मिनेट अगाडि
57
0
कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट प्रकाश रसाइली स्नेही एक्ला निर्वाचित पदाधिकारी
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका प्रकाश रसाइली स्नेही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। दलिततर्फको सहमहामन्त्री पदम...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशका प्रकाश रसाइली स्नेही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। दलिततर्फको सहमहामन्त्री पदमा लोकप्रिय मत प्राप्त गर्दै विजयी भएका उनी महाधिवेशनबाट निर्वाचित हुने सुदूरपश्चिमका एक्ला पदाधिकारी बनेका छन्।

सहमहामन्त्री (दलिततर्फ) पदका लागि खसेका मतमध्ये ६ हजार ७३७ मत सदर भएको थियो। त्यसमध्ये प्रकाशले ४ हजार ८२१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेका थिए। उक्त पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

सुदूरपश्चिमबाट कांग्रेस पदाधिकारीमा अन्य नेताहरूले पनि उम्मेदवारी दिएका थिए। नैनसिंह महर महामन्त्री र जनक गिरी सहमहामन्त्री पदका उम्मेदवार बने पनि दुवै पराजित भए। त्यसपछि प्रकाशले आफू मात्रै सुदूरपश्चिमबाट पदाधिकारीमा निर्वाचित भएको बताएका छन्।

बझाङका प्रकाश गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री चयन भएका थिए। त्यसअघि उनले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा रहेर काम गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार