नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका ६ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।
महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार उनीहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
यसअन्तर्गत कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। कविर राणाले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
त्यस्तै, समिरजङ शाह, शिव लम्साल र बाला अधिकारीले पेशागततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। कमला हमालले युवा केन्द्रीय सदस्य कोटामा उम्मेदवारी दिएकी छन्।
शिव लम्साल प्रेस युनियनका अध्यक्ष हुन् भने समिरजङ शाह प्रेस युनियनका पूर्वअध्यक्ष हुन्।






