नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा विजयी भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेका हुन्।
उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ आठ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा गीता गुरुङले २ हजार ८५९, डा. गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउचा मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीताकुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बुले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्यतर्फ १२ जना निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार तीर्थ लामाले ४ हजार ४२५, इन्जिनियर अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरेका छन्।






