मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
49
0
कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता
सारांश

नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म गणना भएको मतप...

नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार दुवै पदमा उनीहरू प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।

खुला उपसभापतितर्फ गणना भएको ३ हजार ४३५ मतमध्ये चन्द्र भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा मधु आचार्यले १ हजार ९० मत पाएका छन्। त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतितर्फ विनोद चौधरी ८९६ मतसहित अग्रस्थानमा छन्। उनलाई जीवन परियारले ८२९ मतसहित पछ्याइरहेका छन्। अन्य उम्मेदवारमध्ये फरमुल्लाह मन्सुरले ४६९, रञ्जीत कर्णले २७० र सीता गुरुङले २५१ मत पाएका छन्।

दुई पदका लागि भइरहेको खुला महामन्त्रीको मतगणनामा प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन्। त्यस्तै, डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुनमगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) १ हजार ५१७ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत प्राप्त गरेकी छन् भने रीता खनालले ३६५ मत पाएकी छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार