मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

meronepaltv
meronepaltv
50 मिनेट अगाडि
67
0
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सारांश

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज ...

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२ः३० बजेदेखि ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा मतगणना सुरु हुने कार्यक्रम छ।

आज सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदको मतगणना गरिनेछ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदका लागि परेको मत पनि गणना गरिने निर्वाचन समितिले जनाएको छ।

यी पदका लागि असोज २३ गते राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचनामार्फत सम्बन्धित उम्मेदवारलाई मतगणनाको समय र स्थानबारे जानकारी गराएका छन्।

यसअघि पार्टीका सभापति, उपसभापति र महामन्त्री पदको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न पदको मतगणना जारी छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार