नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री आदिवासी जनजाति तर्फ निर्वाचनको जारी मतगणनामा बहादुरसिंह लामाले अग्रता कायमै राखेका छन् ।
६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरी अग्रता कायम राखेका हुन् ।
ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् ।
यसैगरी तारामान गुरुङले ८६३, दिलमान पाख्रीनले ६२२, प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् ।






