मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

कांग्रेस १५ औं महाधिवेशन- मतदान जारी (तस्बिरहरू)

meronepaltv
meronepaltv
1 दिन अगाडि
10
0
कांग्रेस १५ औं महाधिवेशन- मतदान जारी (तस्बिरहरू)
सारांश

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ।

काठमाडौंको प्रदर्शनीमार्थस्थित राष्ट्रिय सभागृह र ...

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ।

काठमाडौंको प्रदर्शनीमार्थस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा रहेको मतदान स्थलमा मतदान भइरहेको छ। मतदान आज अपराह्न ३ बजेसम्म चल्नेछ।

बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले राष्ट्रिय सभागृह तथा बाँकी प्रदेश, जनसम्पर्क, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिले खुलामञ्चमा मतदान गरिरहेका छन्।

सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको छ। वरिष्ठ उपसभापति, उपसभापति महिला निर्विरोध भइसकेको छ भने कोषाध्यक्ष सभापतिले पछि मनोनीत गर्ने हो।

मतदानका लागि एक जनालाई करिब आधा घन्टा समय लाग्छ। २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार