मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

झापाले मतदाताको गोपनीयता भंग नगर्न सोशल मिडिया र अनलाइन मिडियालाई चेतावनी

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २
7
0
झापाले मतदाताको गोपनीयता भंग नगर्न सोशल मिडिया र अनलाइन मिडियालाई चेतावनी
सारांश
झापा - जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई चेतावनी दिएको छ। प्रशासनले...

झापा - जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न अनलाइन मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई चेतावनी दिएको छ। प्रशासनले फेसबुक, युट्युब लगायतका माध्यम प्रयोग गरी “कसलाई भोट दिनुहुन्छ?” भन्ने प्रश्न सोध्नु निर्वाचन आचारसंहिताविपरीत भएको स्पष्ट पारेको छ।

उक्त सूचना अनुसार, केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारणसँग मतदान सम्बन्धी जानकारी संकलन गर्ने कार्य गर्दै आएको पाइएपछि प्रशासनले तत्काल यस्तो गतिविधि रोक्न निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओहरू अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंको संयुक्त हस्ताक्षरमा जारी सूचनामा भनिएको छ कि, कोही यस प्रकारको गतिविधिमा संलग्न भेटिए कारबाहीको प्रक्रिया अघि बढाइने छ।

प्रशासनले मतदाता गोपनीयता सुनिश्चित गर्नु निर्वाचनको आधारभूत अधिकार भएको भन्दै सबै सञ्चार माध्यम र प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार