मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिएसपीमा बढुवाका लागि सिफारिस

स
समाचार कक्ष
२०२५ जुलाई २१
4
0
१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) डिएसपीमा बढुवाका लागि सिफारिस
सारांश
काठमाडौँ — नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको नाम सिफारिस गरेको छ। प्रहरी बढुवा ...

काठमाडौँ — नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको नाम सिफारिस गरेको छ।

प्रहरी बढुवा समितिका सदस्यसचिव तथा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार, डीएसपीमा सिफारिस गरिएका अधिकृतहरू निम्न छन्:

  • वसन्त गौतम

  • पञ्चलाल गोले

  • हेमप्रकाश चौधरी

  • अनिल पण्डित

  • प्रकाश थापा

  • दिलीप क्षेत्री

  • शेखरजंग मल्ल

  • पोषणराज थपलिया

  • राजु कार्की

  • निशेष चापागाईं

  • चन्द्रबहादुर खड्का

  • होमप्रसाद अधिकारी

  • उपेन्द्र खनाल

बढुवा प्रक्रिया प्रहरी सेवा नियमावलीअनुसार गरिएको जनाइएको छ। सिफारिसमा परेका अधिकृतहरू आवश्यक औपचारिकता पूरा भएपछि डीएसपी पदमा नियुक्त हुनेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार