मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

जेन–जी आन्दोलनका पीडितलाई सवारीसाधन किन्दा शतप्रतिशत कर छुट

स
समाचार कक्ष
२०२६ अगस्ट २४
6
0
जेन–जी आन्दोलनका पीडितलाई सवारीसाधन किन्दा शतप्रतिशत कर छुट
सारांश
काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा गम्भीर र अति गम्भीर घाइते आन्दोलनकारीलाई स्वरोजगारका लागि सवारीसाधन खरिद गर्दा ...


काठमाडौं । सरकारले जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा गम्भीर र अति गम्भीर घाइते आन्दोलनकारीलाई स्वरोजगारका लागि सवारीसाधन खरिद गर्दा शतप्रतिशत कर तथा भन्सार छुट दिने व्यवस्था गरेको छ ।

सरकारको व्यवस्थाअनुसार योग्य लाभग्राहीले १५ लाख रुपैयाँसम्म मूल्यको पेट्रोल वा डिजेल सवारीसाधन तथा २० लाख रुपैयाँसम्म मूल्यको विद्युतीय सवारीसाधन खरिद गर्दा लाग्ने आयात कर र भन्सार महसुलमा पूर्ण छुट पाउनेछन् ।

यो सुविधा आन्दोलनबाट प्रभावित परिवार र गम्भीर घाइतेलाई स्वरोजगारमा जोड्ने उद्देश्यले ल्याइएको सरकारले जनाएको छ । सुविधा लिन आधिकारिक परिचयपत्रका आधारमा योग्य भएको पुष्टि हुनुपर्नेछ ।

तर सबै प्रकारका सवारीसाधनमा यस्तो छुट लागू हुने छैन । स्नो भेहिकल, गल्फ कार्ट, रेसिङ कार, स्टेशन वागन तथा निश्चित प्रकारका एसेम्बल नगरिएका सवारीसाधनलाई छुटको दायराबाट बाहिर राखिएको छ ।

सरकारले यो सुविधा आर्थिक वर्ष २०८३/८४ भित्र योग्य लाभग्राहीलाई उपलब्ध गराउने जनाएको छ । यसले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई आर्थिक रूपमा पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार