मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स
समाचार कक्ष
२०२६ जनवरी ९
4
0
जाजरकोटमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते
सारांश
२५ पुस, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । छेडागाड नगरपाल...

२५ पुस, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

दुर्घटनाका बेला जिपमा चालकसहित छ जना सवार थिए । दुर्घटनामा परी छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार