मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

इन्जिनियरदेखि प्रधानमन्त्रीसम्म बालेनको यात्रा : युवा लहरले सत्ताको बागडोर सम्हाल्यो

स
समाचार कक्ष
२०२६ मार्च २७
8
0
इन्जिनियरदेखि प्रधानमन्त्रीसम्म बालेनको यात्रा : युवा लहरले सत्ताको बागडोर सम्हाल्यो
सारांश
काठमाडौं, चैत १३ - राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) ले केहीबेरमै पद तथा गोपनीयताको शपथ लिँदै औपचार...

काठमाडौं, चैत १३ - राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) ले केहीबेरमै पद तथा गोपनीयताको शपथ लिँदै औपचारिक रूपमा देशको शासनसत्ता सम्हाल्दै छन्।

प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट विजयी भएका शाह पहिलो पटक संसद् प्रवेशमै प्रधानमन्त्री बन्न सफल भएका छन्। नयाँ पुस्तामाझ लोकप्रिय बालेनले करिब दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्दैछन्। संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलका नेताको हैसियतमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

३६ वर्षीय शाह पेशाले इन्जिनियर हुन्। केही वर्षअघिसम्म र्‍यापरका रूपमा चिनिएका उनी २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए। उक्त जितले नेपाली मतदाताको सोचमा आएको परिवर्तनलाई समेत स्पष्ट संकेत दिएको थियो।

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

२०७२ सालको भूकम्पपछि उद्धार तथा राहत कार्यमा सक्रिय रहँदै उनले समाजसेवीको छवि समेत बनाएका थिए। सामाजिक सञ्जालमार्फत युवामाझ लोकप्रिय बनेका शाहले विकासमुखी ‘भिजन’ प्रस्तुत गर्दै डिजिटल सरकार, आइडिया बैंकजस्ता योजनाहरू अघि सारेका छन्।

राजनीतिभन्दा कामलाई प्राथमिकता दिने शैलीका लागि चिनिएका शाहले संघीयताको सुदृढीकरण, स्थानीय तहको सशक्तीकरण तथा विकासका ठोस कार्यक्रममार्फत देश रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

युवा मतदाताको व्यापक समर्थनका कारण उदाएका शाह अहिले वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै मुलुकको नेतृत्वमा पुगेका छन्, जसले नेपाली राजनीतिमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार