चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय बैठक सम्पन्न भएको छ।
जहाँ ट्रम्पले अमेरिका र चीन मित्र भएको उल्लेख गर्दै दुई देशका हित एकअर्कासँग गाँसिएको बताए।
यस्तै सीले सँगै काम गर्नु दुवै देशका लागि हितकर हुने उल्लेख गर्दै द्वन्द्वले दुवैलाई हानि पुर्याउने बताए।
सीले भने, ‘अमेरिका र चीनबिच दौड (रेस) हुनुपर्छ, कुस्ती (रेसलिङ) होइन। दुवै देशले एकअर्कालाई उछिन्ने प्रयास गर्नुपर्छ, एउटाले जित्ने र अर्कोले हार्ने लडाइँ होइन।’
अमेरिका भ्रमणका लागि चीनका राष्ट्रपति सी चिनफिङ पत्नी पेङ लियुआनसहित बुधबार रातिदेखि वासिङ्टनमा छन्।





