मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हरिबोल गजुरेलमाथिको कारबाहीमा झलनाथ खनालको कडा असहमति, ‘कम्युनिस्ट मूल्यविपरीत निर्णय’

स
समाचार कक्ष
२०२६ जनवरी २६
6
0
हरिबोल गजुरेलमाथिको कारबाहीमा झलनाथ खनालको कडा असहमति, ‘कम्युनिस्ट मूल्यविपरीत निर्णय’
सारांश
१२ माघ, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले हरिबोल गजुरेललगायत नेताहरूमाथि गरिएको कारबाहीप्रति गम्भीर आपत्ति जनाएका...

१२ माघ, काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले हरिबोल गजुरेललगायत नेताहरूमाथि गरिएको कारबाहीप्रति गम्भीर आपत्ति जनाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया जनाउँदै खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजुरेलसहितका नेतामाथि गरेको निर्णय आश्चर्यजनक र अस्वीकार्य भएको बताएका हुन्।

उनका अनुसार स्पष्टीकरण दिने अवसरसमेत नदिई पार्टीबाट निष्कासनजस्तो कठोर कदम चालिनु, पार्टीका विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत जानकारी नदिनु र निर्णय सार्वजनिक सञ्चारमाध्यमबाट मात्र थाहा पाउनु पार्टीभित्रको लोकतान्त्रिक अभ्यासविपरीत हो।

खनालले यदि पार्टीलाई सच्चा कम्युनिस्ट मूल्य र मान्यतामा अघि बढाउने हो भने हाल गरिएको कारबाही तत्काल स्थगन गर्नुपर्ने माग गरेका छन्। साथै, हरिबोल गजुरेलसहित नेतृत्वदायी तहका नेताहरूको आकस्मिक बैठक बोलाएर यस निर्णयका कारणबारे गम्भीर र दोहोरो छलफल गर्नुपर्ने उनको जोड छ।

उनले पार्टीभित्र अधिनायवादी शैली होइन, सामूहिक निर्णय र सामूहिक नेतृत्वको अभ्यास स्थापित गर्न संयोजक प्रचण्डसँग स्पष्ट र जोडदार आग्रह गरेका छन्।

उल्लेखनीय छ, पार्टीको आधिकारिक निर्णयविपरीत सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई पार्टीबाट निष्कासन गरिएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार