मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखियो, बडादशैं सुरु

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
2
0
 हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखियो, बडादशैं सुरु
सारांश

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी ज...

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। यससँगै नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने बडादशैं सुरु भएको छ।

हनुमानढोकाको दशैंघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ। बडादशैंमा विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ।

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार