मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हिमालयन रि इन्स्योरेन्स प्रकरणपछि सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक ठाकुर अर्थ मन्त्रालयमा तानिए

स
समाचार कक्ष
२०२६ अप्रिल २४
6
0
हिमालयन रि इन्स्योरेन्स प्रकरणपछि सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक ठाकुर अर्थ मन्त्रालयमा तानिए
सारांश
काठमाडौं - सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। हिमालयन रि इन्स्योरेन्सको सेयर प्रकरणमा...

काठमाडौं - सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

हिमालयन रि इन्स्योरेन्सको सेयर प्रकरणमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको संलग्नता रहेको विषयमा अनुसन्धान चलिरहेकै बेला महानिर्देशक ठाकुरको नाम पनि जोडिएपछि उनलाई विभागबाट अर्थ मन्त्रालयमा तानिएको हो।

अनुसन्धानका क्रममा ठाकुरकी पत्नीको नाममा समेत उक्त कम्पनीको सेयर देखिएको विवरण सार्वजनिक भएपछि मन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार उनलाई मन्त्रालयमा सरुवा गरिएको बताइएको छ।

हालसम्म नयाँ महानिर्देशकको नियुक्ति सम्बन्धी निर्णय भने भइसकेको छैन।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार