मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

हुकुम र सनकले होइन, विधि र कानुनले देश चल्नुपर्छ : योगेन्द्र चौधरी

स
समाचार कक्ष
२०२६ मार्च ३०
7
0
हुकुम र सनकले होइन, विधि र कानुनले देश चल्नुपर्छ : योगेन्द्र चौधरी
सारांश
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी ले देश हाल विधि र प्रक्रिया भन्दा बाहिर गएर सञ्चालन भइरहेको टिप्पणी गरेका छन्। सोमबार सामाजि...

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले देश हाल विधि र प्रक्रिया भन्दा बाहिर गएर सञ्चालन भइरहेको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाली कांग्रेस सधैं कानुन, विधि र प्रक्रियाको पालना गर्दै देश सञ्चालन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे।

उनले विगतमा भनसुन र चाकरीको आधारमा शासन चल्ने गरेको उल्लेख गर्दै अहिले भने हुकुम, सनक र आदेशका आधारमा देश अघि बढिरहेको जस्तो देखिएको बताएका छन्।

चौधरीले देशलाई सही मार्गमा अघि बढाउन कानुन र स्थापित प्रक्रियाको पालनामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार