मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
60
0
घेराबन्दी सकिएको छैन, बलियाले बलजफ्ती गर्छ भने प्रतिवाद गर्नुपर्छ : ओली
सारांश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन सक्ने बताएका हुन्।

ओलीले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको दाबी गर्दै तिनको पुनःप्राप्ति आवश्यक रहेको बताए। बलजफ्ती र दमनमार्फत जनतालाई दबाउन खोजिए त्यसको प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो।

उनले शान्ति र न्यायका लागि आन्दोलन आवश्यक पर्न सक्ने उल्लेख गर्दै आगजनी र लुटपाटलाई आन्दोलन भन्न नमिल्ने बताए। उनका अनुसार बलियो पक्षले कमजोरमाथि बलजफ्ती गरे त्यसको प्रतिवाद गर्नु नै आन्दोलन हो।

ओलीले विगतका निर्वाचन र राजनीतिक घटनाक्रममा पनि आफ्नो पार्टीमाथि घेराबन्दी गरिएको दाबी गरे। उनले अगाडिका चुनौतीहरूको सामना गर्दै अघि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार