मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ग्यासमा कृत्रिम अभाव र महँगो बिक्री रोक्न माग: उपभोक्ता ठग्ने उद्योगी–विक्रेतामाथि कडा कारबाहीको दबाब

स
समाचार कक्ष
२०२६ मार्च १०
4
0
ग्यासमा कृत्रिम अभाव र महँगो बिक्री रोक्न माग: उपभोक्ता ठग्ने उद्योगी–विक्रेतामाथि कडा कारबाहीको दबाब
सारांश
काठमाडौं, २६ फागुन – ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर...

काठमाडौं, २६ फागुन – ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यक्ति वा संस्थामाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

मंगलबार जारी विज्ञप्तिमा महासंघले विभिन्न स्थानमा ग्यास अभाव देखिएको र केही विक्रेताले उपभोक्ताबाट अनधिकृत रूपमा बढी मूल्य लिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो तनावका कारण भविष्यमा ग्यास आपूर्तिमा समस्या आउला कि भन्ने चिन्ता उपभोक्तामा हुनु स्वाभाविक हो। तर यस्तो अवस्थाको फाइदा उठाउँदै सरकारी मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नु गम्भीर गैरकानुनी कार्य भएको महासंघले स्पष्ट पारेको छ।

महासंघले देशभरिका ग्यास विक्रेतालाई जिम्मेवार र पारदर्शी रूपमा सेवा दिन आग्रह गर्दै कुनै पनि प्रकारको अवैध गतिविधिमा संलग्न नहुन अपिल गरेको छ।

साथै, संकटको घडीमा उपभोक्ता ठग्ने उद्योगी वा विक्रेताहरूलाई पहिचान गरी उनीहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ। यस्ता गतिविधिमा संलग्न हुने जोकोहीलाई कारबाही गरिने सन्देश जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन समेत महासंघले निर्देशन दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार