मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गोसाइँकुण्डमा डुबेका दुई युवाको शव फेला, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइने तयारी

स
समाचार कक्ष
२०२५ जुलाई २८
4
0
गोसाइँकुण्डमा डुबेका दुई युवाको शव फेला, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइने तयारी
सारांश
काठमाडौँ — रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई युवाको शव भेटिएको छ। मोरङ र विराटनगरका ती दुई युवा आइतबार स्नान गर्ने क्रममा ...

काठमाडौँ — रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई युवाको शव भेटिएको छ। मोरङ र विराटनगरका ती दुई युवा आइतबार स्नान गर्ने क्रममा डुबेका थिए।

रसुवाका डिएसपी हेम शाहीका अनुसार, स्थानीयवासी र नेपाली सेनाको सहयोगमा सोमबार बिहान गोसाइँकुण्डबाट दुबै जनाको शव निकालिएको हो। मृतकहरूमा मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर–३ का २६ वर्षीय सुजन ढकाल रहेको पुष्टि गरिएको छ।

डुबेको सूचना पाएपछि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोली खोजी कार्यमा खटिएको थियो। शव फेला परेपछि पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको डिएसपी शाहीले जानकारी दिए।

मृतकका आफन्तहरूले सिम्रिक एयरको हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याउने तयारी गरिरहेको बताइएको छ। गोसाइँकुण्ड स्नानको क्रममा भएको यो दुःखद घटना भक्तजन र स्थानीय समुदायका लागि गहिरो पीडाको विषय बनेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार