मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गौरमा अनिश्चितकालीन कर्फ्युको असर: रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २२
7
0
गौरमा अनिश्चितकालीन कर्फ्युको असर: रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित
सारांश
काठमाडौं - रौतहटको सदरमुकाम गौरमा जारी अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालत का सम्पूर्ण कामकारबाही आइतबारका लागि स्थगित गरिएको छ। अदालतले स...

काठमाडौं - रौतहटको सदरमुकाम गौरमा जारी अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालत का सम्पूर्ण कामकारबाही आइतबारका लागि स्थगित गरिएको छ।

अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सबै सेवा बन्द रहने जनाएको छ। साथै, तोकिएका तारिख तथा म्यादसमेत नबढ्ने स्पष्ट पारिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय रौतहट ले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। कर्फ्यु आदेशअनुसार आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

फागुन ७ गतेदेखि भड्किएको हिंसापछि स्थिति नियन्त्रणमा लिन गौर क्षेत्रमा कर्फ्यु लगाइएको हो। कर्फ्युका कारण न्यायिक सेवा समेत प्रभावित बनेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार