मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
2
0
गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ
सारांश

गोरखाको बुढीगण्डकी नदीमा आएको भेलबाढीले जगत क्षेत्रमा केही घर बगाएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीका ...

गोरखाको बुढीगण्डकी नदीमा आएको भेलबाढीले जगत क्षेत्रमा केही घर बगाएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीका कारण हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

आइतबार बिहान करिब साढे ४ बजेतिर सिर्दिबास क्षेत्रबाट भेलबाढी आएको आशंका गरिएको छ। चुम्चेतको स्यारखोलाबाट पनि भेलबाढी आएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे प्रशासनले थप जानकारी संकलन गरिरहेको जनाएको छ।

बुढीगण्डकी नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम जारी रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। भेलबाढी आएपछि तटीय क्षेत्रका स्थानीय सुरक्षित स्थानतर्फ गएको बताइएको छ।

प्रशासनले सल्लेरी, जगत, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटलगायत क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सुरक्षित रहन भनिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार