मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गृहमन्त्री सुधन गुरुङसँग भेट्दै ब्रिटिस गोर्खाहरूले उठाए नागरिकता निरन्तरताको माग

स
समाचार कक्ष
२०२६ अप्रिल १६
6
0
गृहमन्त्री सुधन गुरुङसँग भेट्दै ब्रिटिस गोर्खाहरूले उठाए नागरिकता निरन्तरताको माग
सारांश
ब्रिटिस गोर्खा समुदायले गृहमन्त्रीसँग भेट गरी नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले नागरिकता ऐन संशोधन गरी गोर्खा सैनिक र त...

ब्रिटिस गोर्खा समुदायले गृहमन्त्रीसँग भेट गरी नेपाली नागरिकता निरन्तरता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले नागरिकता ऐन संशोधन गरी गोर्खा सैनिक र तिनका सन्ततिहरूको वंशज नागरिकता कायम राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।

ब्रिटिस गोर्खा युकेका अध्यक्ष थर्क रानाले नागरिकता ऐनको दफा १० का कारण आफूहरू अन्यायमा परेको दाबी गर्दै सो प्रावधान संशोधन गर्नुपर्ने माग राखे। उनका अनुसार ७ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धि तथा सम्बन्धित सम्झौताअनुसार बेलायती सेनामा सेवा गरेका गोर्खा सैनिक र तिनका सन्ततिहरूको हकमा वंशज नागरिकता निरन्तर रहनुपर्ने व्यवस्था गरिनुपर्छ।

हालको कानुनी व्यवस्थाअनुसार कुनै नेपाली नागरिकले विदेशी नागरिकता ग्रहण गरेपछि वंशजको नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधानले आफूहरू प्रभावित भएको उनीहरूको भनाइ छ।

भेटका क्रममा भूपू कल्याणकारी समितिका अध्यक्ष हुमबहादुर थापाले पनि ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अवधारणालाई व्यवहारिक रूपमा लागू गर्नुपर्ने माग उठाइएको बताए।

उता गृहमन्त्रीले उक्त विषयलाई सकारात्मक रूपमा लिँदै कानून मन्त्रालयमार्फत संसद्मा छलफल अघि बढाउने आश्वासन दिएको बताइएको छ।

अध्यक्ष रानाका अनुसार, गृहमन्त्रीले आफ्नै पार्टीको वाचापत्रमा उल्लेख गरिएको ‘एक पटकको नेपाली सधैंको नेपाली’ अवधारणालाई स्मरण गर्दै गोर्खा समुदायको मागप्रति सकारात्मक दृष्टिकोण देखाएका थिए।

गोर्खा प्रतिनिधिहरूले भने आफ्नो माग गोर्खा सैनिक र अन्य गैरआवासीय नेपालीको अवस्थाभन्दा फरक भएकाले विशेष कानुनी व्यवस्था आवश्यक रहेको स्पष्ट पारेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार