मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय : अब सबै काम एकद्वार प्रणालीबाट

स
समाचार कक्ष
२०२६ मार्च २७
7
0
गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय : अब सबै काम एकद्वार प्रणालीबाट
सारांश
काठमाडौं, चैत १३ - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले मन्त्रालयका सम्पू...

काठमाडौं, चैत १३ - नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गरेका छन्। उनले मन्त्रालयका सम्पूर्ण काम कारबाही एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय लिएका हुन्।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण सम्पन्न भएपछि सिंहदरबार पुगेर गुरुङले औपचारिक रूपमा पदभार सम्हालेका हुन्।

पदभार ग्रहणका क्रममा उनले भीआईपी संस्कृति र अनावश्यक लावालस्करका कारण सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले सुशासनविपरीत कुनै पनि गतिविधि सहन नहुने स्पष्ट पारे।

‘म धेरै बोल्नेभन्दा काम गरेर देखाउने व्यक्ति हुँ,’ भन्दै गुरुङले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए।

साथै, सेवा प्रवाहमा कुनै पनि प्रकारका गुनासा नआउने वातावरण सिर्जना गर्न उनले मन्त्रालयका कर्मचारीहरूलाई विशेष आग्रह गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार