मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

गगन थापाले पूर्व प्रशासकसँग छलफल गरे

स
समाचार कक्ष
२०२५ मार्च १९
5
0
गगन थापाले पूर्व प्रशासकसँग छलफल गरे
सारांश
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारको निजामती नेतृत्वमा बसेका पूर्व प्रशासकसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका ...

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारको निजामती नेतृत्वमा बसेका पूर्व प्रशासकसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा पूर्व प्रशासकसँग छलफल गरेको महामन्त्री थापाले जानकारी दिए ।

‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवा प्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ।’ पूर्व प्रशासकहरूबाट आएका सुझाव सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्ने उनले भनेका छन् । ‘आफ्नो अनुभव, अध्ययन र दक्षताका आधारमा उहाँहरूले दिनुभएका व्यवहारिक सुझाव र छलफलका निष्कर्षहरूलाई सरकारका प्राथमिकता कार्यान्वयनलाई सहज बनाउन गठन भएको राजनीतिक संयन्त्रमा प्रस्तुत गर्नेछु,’ गगनले अगाडि लेखेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार