मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

फागुन २१ मा कुशासनविरुद्ध ‘सटर डाउन’ गर्ने रवि लामिछानेको चेतावनी

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १८
7
0
फागुन २१ मा कुशासनविरुद्ध ‘सटर डाउन’ गर्ने रवि लामिछानेको चेतावनी
सारांश
काठमाडौं । रवि लामिछाने ले आगामी फागुन २१ गते कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन्। धनगढी मा आयोजित चुनावी सभालाई सम्बोधन...

काठमाडौं । रवि लामिछानेले आगामी फागुन २१ गते कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन्।

धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले विगतमा जस्तै हरेक निर्वाचनमा जनताको अधिकारलाई मात्र एजेन्डा बनाएर घोषणापत्रमा सीमित गर्ने परिपाटी अन्त्य गरिने बताए। उनले अब प्रतिबद्धता पूरा गर्ने स्पष्ट कार्ययोजना सहित अघि बढ्ने दाबी गरे।

उनले पाँच वर्षसम्म स्थिर सरकारको आवश्यकता औँल्याउँदै यसपटक स्थायी सरकार गठनका लागि जनमत मागिएको स्पष्ट पारे। “जनतासँग गरिएका वाचा पूरा नगर्ने प्रवृत्तिलाई अब अन्त्य गर्नुपर्छ। वाचा गरेर पूरा नगर्नेले सजाय पाउनुपर्छ, जनताले होइन,” उनले भने।

लामिछानेले भारतसहित विदेशमा रहेका नेपालीहरूलाई सकेसम्म समय मिलाएर मतदानमा सहभागी हुन आह्वान गरे। विगतका निर्वाचनमा नेताहरू मात्र विजयी हुँदै आएको उल्लेख गर्दै उनले यसपटक जनतालाई नै विजयी गराउने दाबी गरे। साथै, मत विभाजन नगर्न र एकताबद्ध रूपमा निर्णय गर्न मतदातासँग अपिल गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार