मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एनआरएनए अमेरिका भन्छः युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा आमन्त्रण गरिएको छैन

स
समाचार कक्ष
२०२६ जनवरी ९
5
0
एनआरएनए अमेरिका भन्छः युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा आमन्त्रण गरिएको छैन
सारांश
२५ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै...

२५ पुस, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा आयोजना हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको स्पष्ट पारेको छ ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन । साथै परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।”

प्रवक्ता उप्रेतीले परिषद् कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संलग्न नरहेको, त्यस्ता गतिविधिमा संस्थाको स्वीकृति वा सम्बन्ध नरहेको पनि स्पष्ट पारेका छन् ।

एनआरएनए अमेरिकाको आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, फन्डराइजिङ वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य ठहरिने विज्ञप्तिमा उल्लेख छ । परिषद्को नाम र पहिचानको दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिसम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने पनि विज्ञप्तिमा जनाइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार